काठमाडौं । प्रतिनिधि सभाका ४ सांसद र संघीय संसद सचिवालयका ३ कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधवार गरिएको पीसीआर परीक्षणको क्रममा ४ सांसद र ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार बुधवार गरिएको पीसीआर परीक्षणको सम्पूर्णको रिपोर्ट आइनसकेको र अझ बढ्न सक्ने समेत आंकलन गरिएको छ । तर सभामुख अग्नीप्रसाद सापकोटासहित सचिवालयका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
“बधवार गरिएको पीसीआर परीक्षणका क्रममा ४ जना सांसद र ३ जना कर्मचारीमा कोरोना पोजेटिभ देखाएको छ । तर सभामुखसहित सचिवालयका सबै सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ । सबैको रिपोर्ट आइसकेको छैन। केही संख्या बढ्न सक्ने अनुमान समेत गरिएको छ ।” न्यौपानेले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने भएसँगै बुधवार र बिहीवारका लागि स्वाब संकलन गर्ने तय भएको थियो । आज पनि स्वाब संकलनको क्रम जारी रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया