कांग्रेसका ३ सहित ४ सांसदमा कोरोना पुष्टि (भिडियाेसहित)

काठमाडौं । नेपाली कांग्रेसका ३ सहित ४ सांसद र ३ जना संघीय संसद सचिवालयका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधवार गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

सभामुख अग्नी सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार नेपाली कांग्रेसका सांसदहरु पार्वता डिसी चौधरी, रामबाबु यादव, नरमाया ढकाल र जनता समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णमा कोरोना पुष्टि भएको हो ।

बुधवार सांसद, कर्मचारी र सुरक्षाकर्मीसहित ६०९ जनामा कोरोना परीक्षण गरिएको थियो । सो क्रममा ७ जनामा कोरोना पुष्टि भएको र अझै बढ्न सक्ने उनको भनाइ रहेको छ । आज पनि स्वाब संकलनको काम भइरहेको र भोलिसम्म सबैको रिपोर्ट आउने न्यौपानेले लोकपथलाई जानकारी दिए । साथै सभामुखसहित सचिवालयका सबैको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने घोषणा गरेसँगै सबै सांसदहरुको पीसीआर परीक्षण थालिएको छ । बुधवारबाट थालिएको परीक्षण आज पनि जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?