धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ ।
केआईसिंह गाउँपालिका–६ फलेडीकी स्थायी बासिन्दा रहेकी मुख्यमन्त्री भट्टकी आमा ८४ वर्षीया शारदाको बिहीवार (आज) निधन भएको हो ।
केही दिन पहिलेदेखि स्वास्थ्यमा समस्या आएकी उनको आज आफ्नै निवासमा निधन भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।
मुख्यमन्त्री भट्ट अहिले आफ्नो निवास डोटी पुगिसकेको र आमाको अन्त्येष्टि शुक्रवार मात्रै गरिने उनका घरपरिवारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया