काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट हुने भएको छ ।
भेटघाट हुने भएपनि समय भने नतोकिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले लोकपथलाई बताए ।
पार्टी एकिकरणका लागि नेताहरु भेटघाट गर्न लागेको तामाङले बताए ।
“पार्टीलाई एकतावद्ध गर्दै लैजानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट हुने भन्ने कुरा आएको छ । तर समय र स्थान भने तोकिएको छैन् ।” नेता तामाङले लोकपथसँग भने ।
आजको भेटघाटलाई महत्पूर्ण मानिएको छ । पार्टी विधानविपरित काम गरेको भन्दै ओलीले वरिष्ठ नेता नेपालसहित ४ जना नेताहरुलाई पार्टीबाट निष्काशन गरेका छन् । नेपाल पक्षले भने २०७७ फागुन २८ गतेको निर्णय खारेज गर्दै पार्टीलाई २०७५ जेठ २ गतेको विधान अनुसार पार्टी अघि बढ्नुपर्ने अडानमा रहेका छन् ।
प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेका छन् । उक्त घोषणासँगै ओलीले भेटघाटलाई तीव्रता दिएका छन् ।
बुधवार ओली विपक्षी दलका नेता शेरबहादुर देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । त्यस्तै बिहीवार बालुवाटारमा स्थायी कमिटी बैठक लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतल निवास पुगेका थिए । भने साँझ केही एमाले युवा नेताहरुसँग समेत भेटघाट गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया