हिमाली जिल्लामा खाद्यान्न ढुवानी गर्न हवाइ सेवा खोलिँदै

काठमाडौं । कोरोना संक्रमण उच्च रुपले बढ्न थालेपछि खाद्यान्न ढुवानीमा समस्या आउन सक्ने भन्दै हवाई सेवा खोल्न लागिएको छ ।

स्थलमार्गबाट खाद्यान्न ढुवानी गर्न समस्या भएको हिमाली जिल्ला हुम्लामा खाद्यान्न ढुवानीका लागि हवाई सेवाको प्रयोग गरिने भएको हो । कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्लामा खाद्यान्न संकट नहोस भन्नका लाािग जिल्ला स्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले आगामी बुधबारदेखि खाद्यान्न र निर्माण सामाग्री ढुवानी गर्न दिने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको अध्यक्षतामा बसेको सरोकार पक्षको बैठकले हवाई मार्गवाट खाद्यान्न ढुवानी गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी आचार्य केन्द्रका संयोजक समेत हुन् । वैशाख लागेदेखि नै कोरोनाको संक्रमण बढेपछि जिल्लामा खाद्यान्न संकट हुने भन्दै हवाई सेवा मार्फत खाद्यान्न ढुवानी गर्ने निर्णय भएको हो । हुम्मामा उडान भर्दै आएका निजी विमान कम्पनी तारा एयर,सीता एयर र समिट एयरका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

आगामी बुधवारदेखि यी विमान कम्पनीहरुले खाद्यान्न ढुवानी गर्नेछन् । कोरोना संक्रमणका कारण जिल्लामा विषेधाज्ञा जारी गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?