काठमाडौं उपत्यकामा मात्रै ३४ हजार बढी सक्रिय संक्रमित, हालसम्म १२ सय १४ को मृत्यु

काठमाडौं । देशको केन्द्रीय राजधानी काठमाडौंसहित उपत्यकाका तीन जिल्लामा मात्रै झण्डै ३५ हजार कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै हालसम्म उपत्यकाका ३ जिल्लामा १ हजार २ हजार १४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै ३४ हजार ६ सय २१ सक्रिय संक्रमित रहेका छन् ।

हाल काठमाडौंमा मात्रै २५ हजार बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै हालसम्म १ लाख १२ हजार ८ सय २ जना कोरोना संक्रमणमुक्त भइ घर फर्किएका छन् । भने हालसम्म ८१४ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ । भने हालसम्म १ लाख ३९ हजार ५ सय ५६ जनामा हालसम्म कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार भक्तपुरमा हालसम्म ३ हजार २ सय ५२ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै हालसम्म १३ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको र हालसम्म १६८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । मन्त्रालयका अनुसार भक्तपुरमा ९ हजार ८ सय २५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै ललितपुरमा हालसम्म २३२ जनाको कोरोनाबाट मृत्यु, ५४ सय २९ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म १७ हजार ६ सय ३५ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै हालसम्म १३ हजार २ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दर उच्च रुपमा बढिरहेको छ । नेपालमा कोरोना संक्रमणको दर एकपछि अर्को नयाँ रेकर्ड कायम भइरहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाको कारण थप ५० जनाको मृत्यु भएसँगै कुल मृतक संख्या ३ हजार ५ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ९ सय ५ जना कोरोना संक्रमित संक्रमणमुक्त भइ घर फर्किएका छन् । त्यस्तै हालसम्म नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ९५ हजार ३ सय ९५ पुगेको छ । त्यस्तै हाल क्वारेन्टाइनमा ३८० जना र सक्रिय संक्रमितको संख्या ७८ हजार ६ सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।

यसअघि बिहीवार नेपालमा एकैदिन ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भने ५४ जनाको कोरोनाको कारण मृत्यु भएको थियो ।

यो पनि

कोरोनाको नयाँ रेकर्ड : थपिए ९१ सय ९६ संक्रमित, ५० जनाको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?