कोरोना संक्रमितको मनोबल बढाउन आयुर्वेदीक औषधी वितरण शुरु

स्याङ्जा । जिल्लाको पुतलीबजार नगरपालिकाले पालिका भित्र रहेका कोरोना संक्रमितहरुलाई उच्च मनोबल बढाउन आयुर्वेदीक औषधी वितरण शुरु गरेको छ ।

नगरपालिकाले जिल्ला सरदमुकाम र अर्जुनचौपारी बजारमा रहेका आयुर्वेदीक स्वास्थ्य कार्यालय मार्फत औषधी वितरण गर्दै आएको हो ।

पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले पछिल्लो समयमा दोस्रो भेरिएन्टको कोरोना समाज मै फैलिरहेको र कोरोनालाई न्यूनिकरण गर्न आयुर्वेदिक औषधी वितरण गरिएको बताइन् । नगरप्रमुख क्षेत्रीले पालिकामा हाल सम्म २९ जना कोरोना संक्रमित रहेको बताउदै सबै कोरोना संक्रमित बिरामीहरुकहाँ पर्‍याउने जानकारी दिइन् । उनले आयुर्वेदिक औषधीले कुनै असर नगर्ने हुनाले सबैले प्रयोग गर्न सकिने बताइन् ।

पुतलीबजारमा दोस्रो चरणको भेरिएन्ट कोरोनाबाट २९ जना बिरामी परेका छन् । कोरोना संक्रमितहरु होम आईसोलेसनमा बस्दै आएको र उनीहरुको स्वास्थ्य सामान्य रहेको पालिकाले जानकारी दिएको छ । बिरामीहरुलाई पुतलीबजार नगरपालिकाको वडा नम्बर १३ बाट आयुर्वेदीक औषधी दिन शुरु गरिएको १३ का वडा अध्यक्ष तथा पुतलीबजार नगरपालिकाका नगरप्रबक्ता ख्यामनारायण अधिकारीले जानकारी दिए ।

उनले औषधी वितरणले विरामीहरुको मनोवल उच्च भएको बताए । साथै पुतलीबजार नगरपालिकाका स्वास्थ्यकर्मीहरुले संक्रमितको घरघरमा गई उनीहरुको स्वास्थ्य अवस्था बुझ्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?