गोकुल बाँस्कोटाको कटाक्ष- ‘एमालेविरुद्ध ४ निर्दलीय महागठबन्धन हाहाहा !’

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राष्ट्रिय सभाको निर्वाचनमा एमालेविरुद्ध ४ दलको गठबन्धन भन्दै कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले बागमती प्रदेशमा हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनबारे गर्दै विपक्षी गठबन्धनलाई निर्दलीय महागठबन्धनको संज्ञा दिएका छन् । त्यस्तै ४ दल मिलेर महागठबन्धन गरि आगामी चुनावको युद्धअभ्यास गरेको समेत बताए ।

उनले भने- ‘एक एमाले बिरुद्ध चार निर्दलीय महागठबन्धन हाहाहा! शायद आउने चुनाबको युद्धअभ्यास होला।’

कांग्रेस माओवादीसहित एमाले नेपाल-खनाल पक्ष र जनता समाजवादी पार्टी समेतले बागमती प्रदेशमा हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनमा गठबन्धन गरेका छन् ।

त्यसबारे टिप्पणी गर्दै नेता बाँस्कोटाले बहुदलीय लोकतन्त्रमा रुख र गोलाकार बेपत्ता भएको निर्दलीय उम्मेद्वार बोकेर लोकतन्त्रको रक्षा हुन नसक्ने समेत बताएका छन् । उनले भने- ‘बहुदलीय लोकतन्त्रमा रुख र गोलाकार बेपत्ता भएको निर्दलीय उमेदवार बोकेर लोकतन्त्र संरक्षणको चटक देखाउनुले के बताउँछ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?