काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोनाको दोस्रो लहरको जोखिम बढेपछि सरकारको आकस्मिक काम के हो भन्दै प्रश्न गरेका छन् ।
केहि समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अक्सिजनको अभाव नभएको बताएका थिए । तर अहिले काठमाडौंकै धेरै अस्पतालहरुमा अक्सिजन नपाएको बताउँदै पूर्वमन्त्री समेत रहेका थापाले त्यस्तो प्रश्न गरेका हुन् ।
ट्वीट गर्दै नेता थापाले भने- ‘@PM_Nepal ज्यू केही दिन अघिसम्म अक्सिजनमा समस्या छैन,सिलिन्डरको कमी हो,भर्न अभाव हुँदैन भनेर प्रचारबाजी हुँदैथियो।अहिले काठमाडौँ बाहिर मात्र हैन भित्रकै कयौँ अस्पतालमा अक्सिजन पून: भर्न नपाएर सञ्चालक र स्वास्थ्यकर्मी अत्तालिएका छन्।आजका दिनमा यो भन्दा आकस्मिक कार्य के छ तपाईँको?’
.@PM_Nepal ज्यू केही दिन अघिसम्म अक्सिजनमा समस्या छैन,सिलिन्डरको कमी हो,भर्न अभाव हुँदैन भनेर प्रचारबाजी हुँदैथियो।अहिले काठमाडौँ बाहिर मात्र हैन भित्रकै कयौँ अस्पतालमा अक्सिजन पून: भर्न नपाएर सञ्चालक र स्वास्थ्यकर्मी अत्तालिएका छन्।आजका दिनमा यो भन्दा आकस्मिक कार्य के छ तपाईँको?
— Gagan Thapa (@thapagk) May 8, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया