आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)

काठमाडौं- लोकपथ टिभीले हरेक दिन टप १५ ‘हेडलाईन्स् ‘ प्रस्तुत गर्दै आएको छ। यस समाचार बुलेटिनमा दिनभरको खबर समेटिएको हुन्छ। प्रस्तुत छ, आजका शीर्ष १५ ‘हेडलाईन्स्’ ।

१. नेपालमा कोरोना महामारी नियन्त्रणमै रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी, कोरोना नियन्त्रणमा सघाउन विश्व समुदायसँग अपील।

२. संघीय संसदका २६ भन्दा सांसदलाई कोरोना संक्रमण पुष्टि, प्रतिनिधिसभाका ५४ सांसदको परीक्षण अझै बाँकी ।

३. आइतवार बस्ने संवैधानिक परिषद्को बैठकमा सहभागि नहुने प्रमुख प्रतिपक्षी कांग्रेसको घोषणा, अन्य सदस्यलाई पनि नजान आग्रह।

४. भक्तपुर अस्पतालका शैया बिरामीले भरिभराउ, अक्सिजन अभाव हुँदा उपचारमा समस्या ।

५. चीनबाट पहिलो चरणमा अक्सिजनका चार सय खाली सिलिन्डर ल्याँइदै, बीस हजारमध्ये दुई हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै ल्याइने।

६. दोलखा भीमेश्वर मन्दिरमा पसिना आएपछि पूजापाठ, राष्ट्रपतिलाई महाप्रसाद पठाउने तयारी ।

७. कोरोना कहरबीच माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको काम धमाधम, ३० प्रतिशत काम सम्पन्न ।

८. झापामा लुकाइएका अक्सिजनका सिलिन्डर खोज्न प्रहरी परिचालन, दुई दिनमा एक सय पाँच सिलिन्डर सङ्कलन ।

९. हेटौँडाको राप्ती खोलामा प्रहरीको शव फेला, मृत्यु हुनेमा प्रहरी नायब निरीक्षक केशवबहादुर खत्री ।

१०. भारतसँग जोडिएका सर्लाहीका सबै सीमा नाका बन्द, आवागमन ठप्प पारिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङद्धारा जानकारी ।

११. १९ सय पर्ने अक्सिमिटर ३५ सयमा बेच्ने एक जना व्यापारी पक्राउ, पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ का ३२ वर्षीय रामहरी तिवारी ।

१२. दुई नेपाली बेलायती काउन्सिलरका रुपमा विजयी, विजयी हुनेमा जीव बेल्वासे र नेम थापा ।

१३. स्पेनिस ला लिगामा आज दुई उपाधि दाबेदार बार्सा र एथ्लेटिको भिड्दै, एथ्लेटिकोका फरवार्ड लुइस स्वारेजलाई सम्मान गरिने ।

१४. भड्काउ जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तामाथि कारबाही, वर्षको शुरुदेखि हालसम्म २७० जनामाथि कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको विज्ञप्तिमा उल्लेख ।

१५. भारतमा पछिल्लो २४ घण्टामा थपिए चार लाख भन्दा बढी कोरोना संक्रमित, चार हजार भन्दा बढीको मृत्यु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?