निषेधाज्ञाको १० औँ दिन : कस्तो छ उपत्यकाको गतिविधि ?

काठमाडौं । निषेधाज्ञाको १० औँ दिन आज शनिवार काठमाडौं उपत्यकाका तीनै जिल्लाहरुमा तुलनात्मक रुपमा कम सवारीसाधन सञ्चालनमा रहे ।

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा शनिवार अत्यावश्यक सेवाका, खाद्यान्न बोकेका, सरसफाई, स्वास्थ्य तथा सञ्चार क्षेत्रमा कार्यरतहरुका सवारी साधन देखिएका थिए ।

फाट्फुट् बिना सवारी पास सवारी लिएर सडकमा निस्केका सर्वसाधरणलाई प्रहरीले चेकजाँच गरि नियन्त्रणमा लिएको थियो । गत विहिवारदेखि निषेधाज्ञा उलंघन गर्नेहरुलाई प्रहरीले जरिवाना गर्न थालेपछि निषेधाज्ञाको पालना गर्ने क्रम बढेकाले पनि सडकमा अत्यावश्यक बाहेकका सवारी साधन कम भएका हुन् ।

साथै शनिवार भएकाले एक चौथाई कर्मचारीबाट सञ्चालन भएका सरकारी कार्यालय, वित्तिय कार्यलय लगायत कार्यालय बन्द भएका कारण पनि सडकहरु सुनसान देखिएको हो । बिना पास सवारी संञ्चालन गरेकाहरुमाथि गरिएको कारवाहीको संख्या पनि तुलनात्मक रुपमा आज शनिवार न्युन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?