धनगढी । सुदूरपश्चिम प्रदेशको ‘रेफरल’ अस्पतालका रुपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अक्सिजन बैंक स्थापना गरिने भएको छ । प्रदेशमा अक्सिजन अभाव भईरहेका बेला प्रादेशिक अस्पतालले अक्सिजन बैंक स्थापना हुने भएको हो ।
९० हजार किलोग्राम अटाउने अक्सिजन बैंक अर्थात सिलिण्डर खरिदका लागि बोलपत्र आह्वान गरिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । वैशाख २३ गते ७ दिनका लागि बोलपत्र आह्वान गरिएको सूचना सार्वजनिक गरिएको श्रेष्ठले बताए ।
सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट छ । तर सिलिण्डरको अभावका कारण कोरोना संक्रमितहरुले अक्सिजन पाएका छैनन ।
प्रादेशिक अस्पतालका सबै शैया र कोरोना अस्थायी अस्पतालमा प्लान्टको पाइपहरु जोडिएको छैन् । प्रादेशिक अस्पतालमा ९० हजार किलोग्राम क्षमताको सिलिण्डर स्थापना भए कोरोना संक्रमितलाई अक्सिजन दिन सहज हुने प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए । उनले सेती प्रादेशिक अस्पताललाई सिलिण्डर चाँडो खरिद गर्न भनेको बताए ।
सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पताललाई १ करोड १६ लाख बजेटको अख्तियारी दिएको थियो । सो रकमबाट ९० हजार किलोग्राम क्षमताको सिलिण्डर स्थापना गर्न थालिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया