काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोबीच भेटघाट भएको छ ।
शनिवार बिहान ठाकुर र महतो सभापति देउवालाई भेट्न देउवा निवास बूढानिलकण्ठमा पुगेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार संसदबाट विश्वासको मत लिँदैछन् । जसपाभित्रै पनि ठाकुर पक्ष सरकारलाई विश्वासको मत दिने पक्षमा रहेका छन् भने उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष सरकारको विपक्षमा मत दिने तरखरमा रहेका छन् । यसैबीच ठाकुरले कांग्रेससँग पनि विश्वासको मत दिने विषयमा छलफलका लागि बुढानिलकण्ठ पुगेको स्रोतले जनाएको छ ।
यसअघि बुधवार प्रधानमन्त्री केपी शर्मा ओली दलबलसहित आफूलाई विश्वासको मत दिन आग्रह गर्दै देउवा निवास पुगेका थिए । तर सभापति देउवाले कांग्रेसले सरकारको विपक्षमा मतदान गर्ने बताएको थियो ।
त्यस्तै शनिवार बसेको कांग्रेस संसदीय दलको बैठकले आफ्ना सांसदहरुलाई सरकारको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया