काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक शुरु भएको छ ।
केहि बेरअघि शुरु भएको बैठकमा परिषद् अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रिय सभा सदस्य गणेशप्रसाद तिमिल्सिनाको उपस्थिती रहेको छ । तर सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा भने अनुपस्थित रहेका छन् ।
आजको बैठकमा विभिन्न संवैधानिक निकायहरुमा नियुक्तीको तयारी समेत गरेको स्रोतले जनाएको छ ।
कांग्रेस सभापति देउवाले शुक्रवार एक विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद् बैठकमा नजाने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया