जसपाको दौडधुप : ठाकुर र महतो बूढानिलकण्ठबाट सिधै हानिए बालुवाटार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् ।

आइतवार बिहान देउवा भेट्न बूढानिलकण्ठ पुगेका ठाकुर र महतो त्यहाँबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि नेताद्वय बालुवाटार पुगेका हुन् । सोमवार प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिँदैछन् ।

केही समयदेखि प्रधानमन्त्री ओलीसँग सर्तसहित सहकार्यको पक्षमा ठाकुर रहेका छन् । यसैक्रममा आजको बैठकमा अहिलेको सन्दर्भमा वैकल्पिक सरकार गठन गर्न नसकिने बताउँदै निर्वाचनतर्फ जाने देउवालाई ठाकुरले आग्रह गरेको स्रोतले जनाएको छ । साथै देउवाले ओलीको भर नपर्न ठाकुरलाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?