सभामुख र प्रतिपक्षीलाई छलेर लोकसेवा आयोगको अध्यक्षमा रेग्मीको नाम सिफारिस

काठमााडौं । संवैधानिक परिषद्को बैठकले पूर्व सचिव माधव रेग्मीलाई लोकसेवा आयोगको अध्यक्षमा नियुक्तको लागि नियुक्ती सिफारिस गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठकले रेग्मीलाई लोकसेवा आगोगको अध्यक्षमा नियुक्तीको सिफारिस गरेको हो ।

आयोगको अध्यक्षमा रेग्मीसहित सचिव शिशिर ढुंगानाको समेत नाम प्रस्तावित थियो । तर आइतवारको बैठकले झापा गौरादह(३ का रेग्मीलाई नियुक्तीको लागि सिफारिस गरेको हो ।

त्यस्तै प्रस्तावित नामलाई संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ती गर्ने कानूनी व्यवस्था रहेको छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको अनुपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?