काठमाडौं । दिल्लीमा थप १ साता लकडाउन थपिएको छ । आइतवार एक पत्रकार सम्मेलन गर्दै दिल्लीमा थप १ साता लकडाउन थपिएको दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवालले जानकारी दिए ।
मे १० मा अन्त्य हुने भनेको लकडाउन अब मे १७ सम्म लम्ब्याइएको उनले बताए । साथै यो लकडाउन झन कडा हुने उनले बताएका छन् । मेट्रोसेवा पनि बन्द गर्ने निर्णय गरेको उनले बताए ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया