धनगढी । सुदूरपश्चिममा कोरोना संक्रमण भयावह रुप लिए पनि सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा रहेको प्रादेशिक स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्र भने लेखापालको भरमा चलेको छ ।
यस्तो महामारीका बेला सुदूरपश्चिममा स्वास्थ्यका सम्पूर्ण सामग्री आपूर्ति गर्ने जिम्मेवारी पाएको आपूर्ति केन्द्र भने सामाजिक विकास मन्त्रालयको स्वार्थका कारण प्रमुख बिहिन भएको हो ।
११ औं तहका हेल्थ ईन्स्पेक्सन समूहको निर्देशक बनाउनु पर्ने आपूर्ति केन्द्रमा लेखा समूहको सातौ तहका कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिईएको छ ।
पुष ७ गतेदेखि आपूर्ति केन्द्रको निमित्त प्रमुखको जिम्मेवारी पाएका पदम बिष्ट सामाजिक विकास मन्त्री मन्त्रालयको स्वार्थका कारण सो पदमा टिकेका हुन् ।
सामाजिक विकास मन्त्रालयले त्यसअघि डा। निरज अर्याललाई निमित्त निर्देशकमा नियुक्त गरेको थियो ।
सुदूर पश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा। गुणराज अवस्थीले अर्यालको नियुक्तिको विरोध गर्दै अदालतमा मुद्दा दायर गरेपछि अदालतको फैसला अनुसार अर्यालको त्यहाँबाट काज फिर्ता भएको थियो ।
अवस्थीको आपूर्ति केन्द्रको प्रमुख आफूलाई बनाउनु पर्ने जिकिर थियो । अदालतको मंसिर १६ गतेको फैसलाले अर्यालको नियुक्तिलाई बदर गरेपनि डा. अवस्थी पनि आपूर्ति केन्द्रको प्रमुख भने हुन पाएनन् ।
आपूर्ति केन्द्रको वार्षिक बजेट २५ करोड रुपैयाँ रहेकोमा संघीय सरकारले १७ करोड रुपैयाँ थप पठाएको थियो । सोही बजेटलाई आफू अनुकल चलाउन आफू अनुकुलकै आपूर्ति केन्द्रको प्रमुख बिष्टलाई सामाजिक विकास मन्त्रालयले जोगाएर राखेको आरोप लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया