काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरुबीचको छलफल सकिएको छ ।
सामूहिक राजीनामा दिनका लागि सिंहदरबार पुगेका नेता नेपालसँग भेट्न विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ सिंहदरबार पुगेका थिए ।
छलफलका क्रममा पौडेल र नेम्वाङले अहिलेको अवस्थामा राजीनामा दिन आग्रह गरेका थिए । तर नेता नेपालले पार्टी एकता बलियो बनाएर लैजाने पक्षमा आफू सदा रहेको बताएको स्रोतले जनाएको छ ।
त्यस्तै आजको छलफल परिणाम शून्य भएको स्रोतको दाबी रहेको छ ।
त्यस्तै ओली पक्षका नेताहरुसँगको भेटघाटपछि नेता नेपाल आफू पक्षीय नेताहरुसँग छलफलमा जुटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया