काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।
आइतवार दिउँसो मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीता पौडेल समक्ष राजीनामा बुझाएका हुन् ।
मुख्यमन्त्री गुरुङमाथि प्रदेशसभामा पेस भएको अविश्वासको प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची थियो । यसअघि नै मुख्यमन्त्री गुरुङले राजीनामा दिएर पुनः मुख्यमन्त्री नियुक्त हुन खोजेको बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया