जसपाले आफ्ना सांसदहरुलाई दियो स्वविवेकको अधिकार

काठमाडौं । सरकारको पक्ष वा विपक्षमा मतदान गर्नका लागि जनता समाजावादी पार्टीका नेताहरले स्वविवेक प्रयोग गर्न पाउने भएका छन् ।

आज बसेको जसपाको ४ शीर्ष नेताहरुको बैठकले त्यस्तो निर्णय गरेको हो ।

आज जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको निवासमा बसेको बैठकले त्यसबारे निर्णय गरेको हो । पार्टीले आफ्ना सांसदहरुलाई पक्ष वा विपक्षमा मतदान गर्न ह्वीप जारी नगर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

यसअघि जसपाको अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष तटस्थ बस्ने निर्णय गरेका थिए । भने अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष भने ओलीको विपक्षमा लाग्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?