हेर्नुहोस् आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)

काठमाडौं । लोकपथ टिभीले हरेक दिन टप १५ ‘हेडलाईन्स् ‘ प्रस्तुत गर्दै आएको छ। यस समाचार बुलेटिनमा दिनभरको खबर समेटिएको हुन्छ। प्रस्तुत छ, आजका शीर्ष १५ ‘हेडलाईन्स्’ ।

१.प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिँदै, कोरोना संक्रमित सांसदले पनि मत दिन पाउने ।

२.सत्तारुढ नेकपा एमालेद्वारा आफ्ना सांसदलाई ह्वीप जारी, प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन आग्रह ।

३.प्रधानमन्त्री ओलीलाई विश्वासको मतका लागि जनता समाजवादी पार्टीले आफ्ना सांसदलाई पक्ष र विपक्षमा मत दिन ह्वीप जारी नगर्ने, सांसदले स्वविवेक प्रयोग गर्न पाउने

.गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा पदबाट राजीनामा, प्रदेश प्रमुखद्वारा ३ दिनभित्र नयाँ सरकार गठनको आह्वान ।

५. जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महोतोसँग कांग्रेस सभापति देउवाको छलफल, आफ्नो नेतृत्वमा सरकार बनाउन सहयोग गर्न देउवाको आग्रह ।

६. संवैधानिक परिषद्द्वारा संवैधानिक आयोगहरूमा रिक्त रहेका विभिन्न पदमा नियुक्तिका लागि सिफारिस, बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख भने अनुपस्थित ।

७. लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता, ४० जना प्रदेश सांसदको हस्ताक्षरसहित आयो अविश्वास ।

८. नेपाली कांग्रेस आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि परामर्शमा, वर्तमान सरकार कोरोना नियन्त्रणमा असफल रहेको कांग्रेस सहमहामन्त्री महतको आरोप ।

९.आइतवार नेपालमा थप ८८ सय ५० जना कोरोनाका नयाँ संक्रमित थपिए, संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै ४१ सय ९८ जना ।

१०. काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको आज ११ औं दिन पुग्यो, जनजीवन प्रभावित

११. कोरोना महामारीमा पनि रोकिएन खाद्यान्नमा कालोबजारी, सरकारी अनुगमन फितलो हुँदा सर्वसाधारण मर्कामा ।

१२.साताको पहिलो दिन आइतवार शेयर बजार नेप्से परिसूचक दाहोरो अंकले आरालो लाग्यो, सबै समूह राताम्मे ।

१३.भारतको नयाँ दिल्लीमा लकडाउन फेरि एक हप्ता लम्ब्याइयो, कोरोना नियन्त्रणमा नआएपछि मे १७ तारिखसम्म लकडाउन लम्ब्याउने मुख्यमन्त्री केजरी वालको निर्णय

१४.अन्तरिक्षबाट पृथ्वीतर्फ फर्किने क्रममा ध्वस्त भएका चिनियाँ रकेटका टुक्रा हिन्द महासागरमा खसे, मानवीय जोखिमको संभावना टर्यो ।

१५.स्पेनिस ला लिगा फुटबलमा आज रियल म्याड्रिड र सेभिया भिड्दै, सेभियालाई हराएर शीर्ष स्थानमा पुग्ने रियलको दाउ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?