मुख्यमन्त्री गुरुङको राजीनामासँगै १० दिनमै उड्यो मनाङेको मन्त्री पद

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएसँगै १० दिनअघि मात्रै मन्त्री भएका राजीव गुरुङ (दिपक मनाङे) को पद गुमेको छ ।

मनाङे गत वैशाख १६ गते मात्रै गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पाएका थिए ।

मुख्यमन्त्री गुरुङले आफ्नो पद धरापमा परेपछि मनाङेलाई रोक्नका लागि सामाजिक विकास मन्त्रालय टुक्राएर खेलकुद मन्त्री बनाएका थिए ।

तर आइतवार मुख्यमन्त्री गुरुङले नै राजीनामा दिएपछि मनाङको पद पनि गुमेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?