एजेन्सी । भारतको कर्नाटकी एक ७३ वर्षीया महिलाले आफ्नो विवाहका लागि दुलाहा खोज्दै विज्ञापन छपाएकी छन् । ७३ वर्षीया अवकाशप्राप्त शिक्षक महिलाले विवाहको विज्ञापन दिएकी हुन् ।
उनको विज्ञापनमा एक ६९ वर्षीय वृद्धले प्रतिक्रिया पनि दिएका छन् । विज्ञापनमा उनले आफूभन्दा बढी उमेरका जीवनसाथीको कुरा गरेकी छन् । महिलाले आफ्नो विज्ञापनमा आफूले एक्लो जीवन बिताइरहेको र उनलाई जीवनसाथीको खोजी भएको बताएकी छन् ।
ती महिलाको पहिलाका श्रीमान्सँग सम्बन्धविच्छेद भएको र पहिलो विवाहमा आफ्नो अनुभव निकै भयानक भएको बताएकी छन् । यो विज्ञापनले धेरैको ध्यान आकर्षित गरेको छ । युवाहरुले ती वृद्धा महिलाको निर्णय र विज्ञापनलाई सकारात्मक लिएको पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया