कर्णाली । कर्णालीमा पछिल्लो २४ घण्टामा दुई सय ११ जनामा गरिएको पीसीआर परीक्षणमा एक सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्ला केही दिन यता संक्रमित डिस्चार्ज हुने क्रम बढेपनि मृत्यु हुनेको दर पनि बढिरहेको छ । पछिल्लो २४ घण्टामा ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । सुर्खेतका चार जनाको प्रदेश अस्पतालमा, सल्यानका दुई जनाको होम आइसोलेशनमा मृत्यु भएको छ । होम आईसोलेशनमा मृत्यु भएको घटना कर्णालीमा पहिलो हो । यस्तै मेहलकुना अस्पताल सुर्खेतमा एक जना र दैलेख अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना महिला र बाँकी पुरुष छन् । यो सँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९० पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया