कमल थापाले गरे प्रधानमन्त्री ओलीको प्रशंसा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका छन् ।

आज प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत गुमाएपनि राजीनामा दिएर पुनः प्रधानमन्त्रीमा नियुक्त हुने बताउँदै विवादकाबीच पनि ओलीले गरेका कामहरुको प्रशंसा गरेका हुन् ।

अध्यक्ष थापाले ट्वीट गर्दै विवाद र असफलताको वावजुद लिम्पियाधुरासहितको चुच्चे नक्सा प्रकाशन र सिके राउतलाई मुलधारको राजनीतिमा ल्याएको भन्दै प्रशंसा गरेका हुन् । उनले भनेका छन्- ‘नाटकिय परिवर्तन भएन भने आज प्रम @kpsharmaoli ले संसदमा बिश्वासको मत गुमाउनु हुनेछ।आजै राजीनामा आउला।फेरि प्रम बन्न सक्नुहोला। जेहोस् अनेक विवाद/असफलताका वावजुद लिम्पियाधुरासहितको ‘चुच्चे’ नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भैरहने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?