ओली पक्षबाट कुनै संकेत नआएपछि नेपाल पक्षका सांसदहरु जुटे छलफलमा

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको बैठक शुरु भएको छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न मागसहित दिएको अल्टिमेटमको समय सकिएपनि कुनै संकेत नआएपछि अब के गर्ने भन्ने विषयमा छलफल गर्न सांसदहरु छलफलमा जुटेका हुन् ।

आइतवार साँझ प्रधानमन्त्री एवम् अध्यक्ष ओलीलाई आज बिहान ९ बजेसम्म विभिन्न मागहरुसति अल्टिमेटम दिएका थिए । तर उताबाट कुनै संकेत नआइपछि केहिबेरअघि सिंहदरबारमा सांसदहरु छलफलमा जुटेका हुन् ।

आइतवारको अल्टिमेटम अनुसार आज नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिने समेत बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?