काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले तत्काल राजीनामा नदिने भएका छन् ।
आज बसेको नेपाल पक्षका सांसदहरुको बैठकले त्यसबारे निर्णय गरेको हो । सामूहिक राजीनामा नदिएपनि आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि बोलाइएको संसद बैठकमा भने उपस्थित नहुने एक नेताले लोकपथलाई जानकारी दिएका छन् ।
उनका अनुसार नेपाल समूहका २२ जना सांसद आजको प्रतिनिधि सभा बैठकमा सहभागी नुहने भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया