काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड विरुद्धको भ्याक्सिन ल्याउने कुरामा भ्रष्ट्राचार भन्दै सरकारको आलोचना गरिएको बताएका छन् ।
सोमवार (आज) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् । ‘कोभिड जस्ता कुराहरुको औषधिहरुमा भइरहेको भ्रष्ट्राचारका विषयहरु उचालियो ।’ प्रधानमन्त्री ओलीले भने ।
यसैक्रममा प्रधानमन्त्री ओलीले कोरोना खोपमा समेत भष्ट्राचार गर्नेहरुलाई हदैसम्मको कारवाही गरिने समेत बताएका छन् ।
आजको प्रतिनिधि सभालाई सम्बोधन गर्दै सरकारका प्रयासहरुमा साथ सहयोग दिन आग्रह गरेका छन्।
कोभिड न्यूनिकरणमा सरकार लाग्यो तर सरकारले अनेक अफ्ठ्याराहरु सामना गर्नपरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया