काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई अविश्वास गर्नुपर्ने कारण नभएको दाबी गरेको छन् ।
आज प्रतिनिधि सभाको बैठकमार्फत विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले त्यस्तो दाबी गरेका हुन् । ‘राष्ट्रियताको सवालमा उभिएको सरकारलाई अविश्वास गर्नुपर्ने कारणै छैन ।’ प्रधानमन्त्री ओलीले भने ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीले विघटन गरेको संसद पुनर्स्थापना भइसकेपछि आफूले संसदबाट विश्वासको मत लिन लागेका हुन् । आज प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसक्ने संकेत देखिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा साथै एमालेकै नेपाल-खनाल पक्षले समेत विश्वासको मत नदिने पक्षमा देखिएका छन् । त्यससँगै ओली अल्पमतमा परेपनि अन्य कानूनी बाटोबाट पुनः राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुने देखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया