प्रधानमन्त्रीलाई नै संसदको विश्वास नभएको भन्दै मत नदिने उपेन्द्र यादवको भनाइ

काठमाडौं । जनता समाजवादी पार्टी (पार्टी) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री स्वयमलाई संसदको विश्वास नभएको भन्दै मत माग्ने अधिकार नभएको आरोप लगाएका छन् ।

आज बसेको संसद बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले त्यस्तो आरोप लगाएका हुन् ।

‘जुन संसद माथि तपाईलाई नै विश्वास छैन तपाईलाई कसरी विश्वासको मत दिने ?’ अध्यक्ष यादवले भने ।

त्यस्तै विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना संक्रमणको जोखिम बढ्न सक्ने बताएपनि सरकारको ध्यान त्यतातिर जान नसकेका कारण अहिलेको अवस्था आएको आरोप लगाए ।

‘सकारको ध्यान जानुपथ्र्यो कोरोनातिर । तर सरकारको ध्यान गयो अयोध्यातिर गयो ।’ उनले भने ।

त्यस्तै सरकारले जसपाले उठाएको मधेशका मुद्धाहरु कार्यान्वयन गर्न नगरेको र बारम्बार झुक्याइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?