कांग्रेस, माओवादी र जसपाले नयाँ सरकार गठन गर्न राष्ट्रपति समक्ष आह्वान (विज्ञप्तिसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपनि अन्य तीन दलले सरकार गठनको तयारी थालेका छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिलाई आह्वान गर्ने बताएका छन् ।

‘नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न सम्मानीय राष्ट्रपतिज्यूलाई आह्वान गर्दछौँ ।’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?