काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् डा. बाबुराम भट्टराईले अन्ततः संसदले ओली सरकारलाई विदाई गरेको बताएका छन् ।
संसदमा भएको मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि ट्वीट गर्दै त्यस्तो बताएका हुन् ।
त्यस्तै प्रधानमन्त्रीको क्रियापकलापलाई निरंकुश प्रवृतिको संज्ञा दिँदै पूर्ण रुपमा ओली प्रवृतिको अन्त्य भइनसकेको टिप्पणी गरेका छन् । उनले भने- ‘अन्तत:संसदले ओली सरकारलाई विधिवत् विदाइ गरेको छ।तर केही समयदेखि हुर्केको निरंकुश ओलीप्रवृत्ति परास्त भैसकेको छैन।’
त्यस्तै राष्ट्रपतिले संविधानको धारा ७६(२) बमोजिम २ वा २ भन्दा बढी दलहरुको नयाँ सरकार गठन गर्न आह्वान गर्न गर्दै अन्य दलहरुलाई स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया