शुक्रराज ट्रपिकलले रोक्यो पीसीआर परीक्षण

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण स्थगित गरेको छ ।

विशेष कारणबस अर्को सूचना नआएसम्मका लागि भन्दै पीसीआर परीक्षण बन्द गरिएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमणका बिरामीहरु अत्याधिक बढिरहेकोले अस्पतालले पीसीआर परीक्षण रोकिएको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?