झलनाथ खनाल कोरोनामुक्त, आज डिस्चार्ज हुँदै

काठमाडौं । कोरोना संक्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल आज डिस्चार्ज हुँदैछन् ।

वैशाख १८ गते शनिवार नर्भिक अस्पतालमा भर्ना भएका उनलाई अक्सिजनको सपोर्टमा उपचार शुरु गरिएको थियो । भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो ।

उनमा २ दिनअघि स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको थियो ।

चिकित्सकहरुको सल्लाहअनुसार उनी आज डिस्चार्ज हुन लागेको अस्पतालले जनाएको छ ।

नेता खनालको उपचारमा नर्भिक अस्पतालका चिकित्सकहरु डा. जेपी जैसवाल र डा. बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको टिम संलग्न थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?