खनाल-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को खनाल-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ ।

आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफलका लागि स्थायी कमिटी सदस्यहरुले छलफल गर्न लागेका हुन् ।

सोमवार संसदमा भएको मतदानमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मतदान नगरी खनाल(नेपाल पक्षका २८ सांसदहरु तटस्थ बसेका थिए ।

यसैक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलले बहुमतको सरकार गठनका लागि आह्वान समेत गरिसकेको अवस्थामा खनाल नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु भेटघाट गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?