काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज जम्मा २१ हजार ३ सय १६ जनाको परीक्षण गरिएको थियो । जसमध्ये २० हजार ५ सय ९६ जनाको पीसीआर र ७२० जनाको एन्टीजेन परीक्षणमा सो परिमाणमा संक्रमित थपिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा एकैदिन जनाको कोरोनाको कारण २२५ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या ४ हजार ८४ पुगेको छ ।
यसैगरी नेपालमा कोरोना संक्रमितसँगै संक्रमणमुक्त हुनेको संख्यापनि उल्लेख्य रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ५ हजार २ सय २५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्याधिक मात्रामा बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा थप ३ हजार ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २७ सय ८८ जना, भक्तपुरमा ५३७ र ललितपुरमा ६०२ जना रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै हाल नेपालमा कुल सक्रिय कोरोना संक्रमितको संख्या ९७ हजार ८ जना रहेको छ ।
यसअघि सोमवार नेपालमा एकैदिन अहिलेसम्मको सबैभन्दा धेरै ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भने एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै १३९ जनाको कोरोनाको कारण ज्यान गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया