‘आगामी तीन हप्ता नेपालका लागि चुनौतिपूर्ण छ, सचेत बनौँ’

काठमाडौं । आगामी तीन हप्ता नेपालमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै विज्ञहरुले सचेत रहन आग्रह गरेका छन् ।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले आगामी तीन हप्ता नेपालका लागि अत्यन्तै कठिन अवस्था रहेको र त्यसपछि केहि सहज हुने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै डा. पाण्डेले सकेसम्म बाहिर ननिस्कने र निस्कनै पर्ने भएमा सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्- ‘आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था छ | अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ | दुख सहेरै भएपनि यो ३ हप्ता घरभित्र नै बसौं | जीवनको तुलनामा दुख सानो हो | सकभर खाधान्न दैनिक किन्ने नगरौं |पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भनेर निस्किनै परे डबल मास्क लगाएर, ६ फिटभन्दा धेरै दुरी कायम गरेर, हात साबुनपानी / स्यानिटाइजरले सफा गरेर सुरक्षित बनौं | भेटघाट बन्द गरौँ | यो ३ हप्ता दुख सह्यौं भने संक्रमणको दर घट्दै जानेछ | रोकथामभन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ | यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरौं | सरकारले कडाइ गरेको हाम्रै लागि हो | हामी सबैजना कडा सेल्फ लकडाउनमा बसौं |’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?