बागलुङ । मङ्गलबार बागलुङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । मङ्गलबार एक महिलाको धवलागिरि अस्पताल र एक पुरुषको होम आइसोलेशनमा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए ।
जिल्लाको ढोरपाटन नगरपालिका–४ निवासी ६६ वर्षीया महिलाको धवलागिरि अस्पतालमा मृत्यु भएको हो । उनको मृत्युपछि पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । यस्तै बागलुङ नगरपालिका–४ का ७७ वर्षीय पुरुषको होम आइसोलेशनमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । वैशाख २२ गते गण्डकी मेडिकल कलेजमा उनलाई कोरोना पुष्टि भएको थियो । उनी पोखराबाट फर्केलगत्तै होम आइसोलेशनमा रहेको बेला मृत्यु भएको घिमिरेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया