काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले तीन जना मन्त्रीहरु नियुक्त गरेका छन् ।
बुधवार (आज) मुख्यमन्त्री शाहीले सुर्खेतका बिन्दमान विष्टलाई आन्तरिक मालिला तथा कानून, रुकुम पश्चिमका गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्री र सीता नेपालीलाई जलस्रोत मन्त्री नियुक्त गरिएको स्रोतले जनाएको छ ।
आज नै कर्णालीका २ मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र आर्थिक मामिलामन्त्री बिमला केसीले राजीनामा दिएका हुन् ।
गत वैशाख ३ गते कर्णालीका मुख्यमन्त्री शाहीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्दै आफूलाई सुरक्षित गराएका थिए ।
त्यस्तै नवनियपुक्त मन्त्रीहरुले आज नै सपथ ग्रहण गर्ने बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया