काठमाडौं । युरोपियन सुपर लिगसँग अनुबन्धित तीन क्लब रियल मड्रिड, बार्सिलोना र युभेन्टसलाई ‘युईएफए’ले दुई वर्ष च्याम्पियन्स लिग फुटबलबाट प्रतिबन्ध लगाएको छ।
युईएफएले बुधवार निकालेको विज्ञप्तिमा सुपर लिगसँग आबद्धता नतोडेका यी तीन टोलीमाथि अनुसन्धान प्रक्रिया शुरू गर्दै च्याम्पियन्स लिग फुटबलबाट पनि प्रतिबन्ध लगाउने घोषणा गरेको हो।
युरोपका १२ ठूला क्लबले गत महिना युरोपियन सुपर लिग नामक लिगको घोषणा गरेका थिए। तर विश्वव्यापीरूपमा यसको आलोचना भएपछि ९ क्लबले आफ्ना नाम फिर्ता लिएका थिए।
नाम फिर्ता लिने क्लबहरुमा ‘इग्लिंश प्रिमियर लिग’बाट म्यानचेष्टर सिटी, म्यानचेष्टर युनाइटेड, चेल्सी, लिभरपुल, आर्सनल र टोटनह्याम रहेका छन्। त्यस्तै स्पेनिश ‘ला-लिगा’बाट एथ्लेटिको मड्रिड र इटालियन ‘सिरी-ए’बाट इन्टर मिलान र एसी मिलानले आफ्ना नाम फिर्ता लिइसकेका छन्।
७२ घण्टाको अन्तरालमा बनेर नासिएको सुपर लिगको पक्षमा अझै पनि रियल, बार्सा र युभेन्टस भने साथ उभिएका छन्।
फलस्वरूप, युरोपियन फुटबलको सर्वोच्च निकाय ‘युईएफए’ले यी तीन क्लबमाथि अनुसन्धान प्रक्रिया शुरू गरेर आगामी दुई वर्षका लागि च्याम्पियन्स लिग फुटबलबाट प्रतिबन्ध लगाउने निर्णय लिएको छ।
अझै युभेन्टसलाई घरेलु लिगमा पनि प्रतिबन्ध लगाउने चेतावनी इटालियन ‘सिरी-ए’ले दिइसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया