नेदरल्याण्ड्सका कप्तान भर्जिल भ्यान डाईकले युरो कप गुमाउने

लोकपथ संवाददाता
126
Shares
AMSTERDAM, NETHERLANDS – OCTOBER 13: Virgil van Dijk of Holland celebrates 1-0 during the UEFA Nations league match between Holland v Germany at the Johan Cruijff Arena on October 13, 2018 in amsterdam Netherlands (Photo by Laurens Lindhout/Soccrates /Getty Images)

काठमाडौं ।  नेदरल्याण्ड्स तथा इंग्लिश क्लब लिभरपुलका डिफेन्डर भर्जिल भ्यान डाईकले युरो कप २०२० गुमाउने भएका छन्। कोरोना महामारीका कारण एक वर्षको लागि स्थगित भएको युरो कप आगामी जुनबाट शुरू हुँदैछ।

तर नेदरल्याण्ड्सका कप्तान, २९ वर्षीय भ्यान डाईकले भने सो प्रतियोगिताको लागि आफू शत प्रतिशत स्वस्थ नभएको जानकारी दिएका छन्। गत अक्टोबरमा एभर्टनसंगको प्रिमियर लिग खेलमा घुँडामा नराम्रो चोट बोक्न पुगेका भ्यान डाईकले त्यसपछि फुटबल खेलेका छैनन्।

लिभरपुलको औपचारिक मिडिया संगको कुराकानीमा उनले यसो भने, “फुटबलको यो ठूलो मञ्चमा सहभागी हुन नपाउँदा निकै दुःखी छु।”

“त्यही पनि मैले आफ्नो लागि सही निर्णय गरेको छू भन्ने लागेको छ। र मेरो ‘फूल फोकस’ लिभरपुल संगको प्री-सिजनमा हुनेछ”, उनले थपे।

उनले युरो कप खेल्ने वा नखेल्ने कुरामा लामो समय देखि कुराकानी भइरहेको थियो। विश्वका उत्कृष्ट डिफेन्डर मध्येका एक भर्जिल भ्यान डाईक बिना युरो कप खेल्नु पर्दा नेदरल्याण्ड्सलाई ठूलो प्रभाव पर्ने छ।

पछिल्लो समयमा लिभरपुलको सफलतामा ठूलो भूमिका खेलेका भ्यान डाईकले लिभरपुलसँग युईएफए च्याम्पियन्स लिग र इंग्लिश प्रिमियर लिगको उपाधि हात पारेका छन्।

युरो कपमा नेदरल्याण्ड्स समूह ‘सी’मा रहेको छ। नेदरल्याण्ड्सको समूहमा युक्रेन, अस्ट्रिया र नर्थ म्यासेडोनिया रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?