ला-लिगा २०२१ : ग्रानाडाको भ्रमण गर्दै रियल मड्रिड, उपाधिमा आँखा

काठमाडौं ।  स्पेनिश ला-लिगा अन्तर्गत आज रातिको खेलमा साविक विजेता रियल मड्रिड र ग्रानाडा प्रतिस्पर्धा गर्दै छन्। ग्रानाडाको घरेलु मैदानमा खेलिने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुँदैछ।

उपाधि होडको लागि रियल मड्रिडलाई आजको खेलमा जित अपरिहार्य रहेको अवस्था छ। गए राति भएको खेलमा एथ्लेटिको मड्रिडले रियल सोसिड्याडविरुद्ध जित दर्ता गरेपछि रियल मड्रिडलाई आजको खेलमा जितको विकल्प नभएको हो।

आफ्नो पछिल्लो ३ लिग खेलमा मात्र १ जित निकालेको रियल मड्रिड ग्रानाडालाई पराजित गर्दै उपाधि रेसमा एथ्लेटिकोलाई पछ्याउने दाउमा मैदान प्रवेश गर्नेछ।

उता ग्रानाडाले आफ्नो पछिल्ला ५ लिग खेलमा २ मा जित निकालेको छ। जसमध्ये एक जित बार्सिलोनाविरुद्ध आएको थियो। सोही कारणले रियललाई ग्रानाडाको भ्रमण सजिलो भने हुने छैन।

३६ खेलमा ८० अंकसहित एथ्लेटिको मड्रिड लिगको शीर्ष स्थानमा छ भने एक खेल कम खेलेको रियल मड्रिड ७५ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ।

यो खेलको नतिजाले यस वर्षको ला-लिगा उपाधि रेसलाई नयाँ आकार दिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?