काठमाडौं । भारतको राजस्थानमा एउटा अच्चमीत पार्ने घटना घटेको छ । बुहारीसँगको प्रेममा ससुराले आफ्नै छोराको हत्या गरेका छन् ।
यो घटना गत मे १२ बुधवारको हो । प्रहरीका अनुसार श्रीमतीले आफ्नो श्रीमानलाई कागती पानि दिईन् जसमा स्लीपिङ ट्याबलेट मिसाइएको थियो । त्यसपछि ससुर र उनी मिलेर करेन्ट लगाई उनको हत्या गरे ।
तर, आफ्नो छोराको मृत्यु करेन्ट लागेर भएको भन्दै उनले भनेका थिए । प्रहरीले अनुसन्धान शुरु गर्यो । तर नाचना प्रहरीले उनको हत्या भएको खुलासा गर्यो ।
प्रहरीले मृतकका बुबा र श्रीमतीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटनाको यथार्थ बाहिर आयो ।
ससुरासँगको आफ्नो अनैतिक सम्बन्ध रहेको र श्रीमान बाधा बनेका कारण दुबै जना मिलेर हत्या गरेको उनले बयान दिएकी छिन् ।
हाल उनीहरुलाई जेल चलान गरेको भारतीय प्रहरीले बताएको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया