निषेधाज्ञाको मौका छोपी तास खेल्ने ५ जना पक्राउ

नवलपरासी । निषेधाज्ञाको समयमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।

जिल्लाको देवचुली नगरपालिका(१० बस्ने ५१ वर्षीय कृष्ण प्रसाद सापकोटाको घरमा तास खेलिरहेको अवस्थामा कृष्ण प्रसाद समेत ५ जनालाई बिहीवारदिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा तास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २९ हजार ७ सय ६० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?