नेपालको भयावहस्थिती बारे बोल्यो डब्ल्यूएचओ- ‘आपत्कालीन सहयोग आवश्यक’

लोकपथ
658
Shares

काठमाडौं । कोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका छन् ।

शुक्रवार नियमित प्रेस सम्मेलनमा बोल्दै डा. गेहब्रेयससले भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना हुने मानिसहरुको संख्या ह्वात्तै बढेको बताएका हुन्।

अफ्रिका र अमेरिका महादेशका केही देशहरूमा पनि सङ्क्रमण बढेको बताउँदै उनले यी देशहरू सङ्क्रमणसँग जुझ्न उच्च सङ्घर्षको अवस्थामा रहेको बताए ।

‘डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिनेछ।’ डा. गेहब्रेयससले बताए ।

नेपालमा कोरोनाको कुल संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको छ, भने कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६ सय ५३ रहेका छ ।

नेपालमा कोरोना संक्रमणको कारण ४ हजार ६ सय ६९ जनाले ज्यान गुमाइसकेका छन् । हाल नेपालमा १ लाख ७ हजार ३ सय ३६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?