काठमाडौं । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७ सय ४० रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको पछिल्लो विवरणका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका ८ हजार १ सय ६७ जना मध्ये सबैभन्दा धेरै संक्रमित ३० देखी ३९ उमेर समूहका रहेका छन् । ३० देखी ३९ उमेर समूहका मात्रै १ हजार ९ सय २७ जना रहेका छन् ।
हेर्नुहोस थप विवरण :
० देखी ९ उमेर सुमूहका – १ सय ७८ जना
१० देखी १९ उमेर सुमूहका – ५ सय ५ जना
२० देखी २९ उमेर सुमूहका – १ हजार ७ सय ४९ जना
३० देखी ३९ उमेर सुमूहका – १ हजार ९ सय २७ जना
४० देखी ४९ उमेर सुमूहका – १ हजार ४ सय ५६ जना
५० देखी ५९ उमेर सुमूहका – १ हजार १ सय ४८ जना
६० देखी ६९ उमेर सुमूहका – ६ सय २७ जना
७० देखी ७९ उमेर सुमूहका – २ सय ८२ जना
८० देखी ८९ उमेर सुमूहका – ९८ जना
९० देखी ९९ उमेर सुमूहका – १९ जना
त्यस्तै, हालसम्म नेपालमा कोरोनाका कारण थप १ सय ८७ जनाले ज्यान गुमाएका छन् । जसमध्ये सबै भन्दा धेरै मृत्यु ६० वर्षमाथिका मानिसको भएको छ । ६० वर्षमाथिका २ हजार७ सय ३५ जान मानिसहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
हेर्नुहोस् पूण विवरण :
० देखी ९ उमेर सुमूहका – २९ जना
१० देखी १९ उमेर सुमूहका – २९ जना
२० देखी २९ उमेर सुमूहका – १ सय ३८ जना
३० देखी ३९ उमेर सुमूहका – ३ सय ८५ जना
४० देखी ४९ उमेर सुमूहका – ६ सय ५९ जना
५० देखी ५९ उमेर सुमूहका – ८ सय ८१ जना
६० देखी माथि – २ हजार ७ सय ३५ जना
शनिवार पीसीआर विधिबाट १७ हजार ९ सय ७१ र एन्टिजेन विधिबाट ५ सय ७७ जनाको परीक्षण गर्दा ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको पछिल्लो विवरणका अनुसार नेपालमा हाल १ लाख ९ हजार ७ सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा थप ५ हजार ४ सय ८८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया