महामारीलाई लक्षित गर्दै सिद्धार्थ बैंकले ल्यायो ‘अक्सिजन लोन’, के-के छन् सुविधा ?

लोकपथ
28.1k
Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमणको जोखिमका कारण बढ्दै गएको अक्सिजन अभावलाई मध्यनजर गर्दै सिद्धार्थ बैंक लिमिटेडले ‘सिद्धार्थ अक्सिजन लोन’ नामक सहुलियतपूर्ण कर्जा सुविधा सञ्चालनमा ल्याएको छ ।

बैंकले वर्तमानको आवश्यक्तालाई परिपूर्ती गर्नका लागि सहज होस भन्नका लागि अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरुको खरिद तथा क्षमता बिस्तारको लागि इच्छुक अस्पताल तथा नर्सिङ्ग होमहरुलाई लक्षित गरी उक्त सुविधा ल्याएको हो ।

के के छन् यस कर्जा योजनाका विशेषताहरु
-कर्जा अवधिभर बैंकको आधार दरमा कर्जा प्रदान गरिने
– सम्वन्धित संस्थाको नगद प्रवाहको आधारमा कर्जाको सहज भुतmानी अवधि तय गरिने
– अन्य कुनैपनि सेवा शुल्क नलाग्ने
– उच्च प्राथमिकताका साथ कर्जा processing गरिने

यसरी प्रदान गरिएको कर्जामा, नेपाल राष्ट्र बैंकबाट सहुलियत प्रदान गरेको खण्डमा, नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको सहुलियत कर्जा निर्देशिका अनुरुप हुने बैंकले जनाएको छ ।

सिमित अवधिका लागि ल्याईएको यस कर्जा सुविधाले हाल देशमा भइरहेका अक्सिजनको अभाव मेटाउन मद्दत पु¥याउँदै कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विशेष भूमिका खेल्नेछ भन्ने विश्वास बैंकले लिएको बैंकले जनाएको छ ।

बैंकले चालू आर्थिक वर्षमा मात्र कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड ४ लाख प्रदेश तथा स्थानिय सरकारलाई प्रदान समेत गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?