काठमाडौं । लोकपथ टिभीले हरेक दिन टप १५ ‘हेडलाईन्स् ‘ प्रस्तुत गर्दै आएको छ। यस समाचार बुलेटिनमा दिनभरको खबर समेटिएको हुन्छ। प्रस्तुत छ, आजका शीर्ष १५ ‘हेडलाईन्स्’ ।
१. नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ सय सतासी (८७) जनाको मृत्यु, ८ हजार १ सय सरसठ्ठी (६७) जनामा संक्रमण पुष्टि
२. कोरोना महामारीकाबीच आत्महत्यादर बढ्दै, आईसोलेसन बसेकाहरुलाई साथ, सहयोग, औषधि उपचार र हौसला दिन मनोविद्को सुझाव
३. जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बहुमत सदस्य उपस्थित रहेको दाबी, अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका सदस्यहरूलाई जानकारी नै दिईएन
४. जनताको जीवन रक्षाका लागि मिलेर काम गर्न कांग्रेस नेता गगन थापाद्वारा प्रधानमन्त्री ओलीसँग आग्रह, असहमतिलाई बिसाएर जनताको जीवन रक्षा गर्न साथमा उभिने बचन
५. निषेधाज्ञाबीच वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ तानियो, कोरोना जोखिमका कारण प्रतिकात्मक रूपमा रथयात्रा सम्पन्न
६. राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित, कोरोना महामारी बढ्दै गएपछि उपयुक्त समय हेरेर अर्को मिति घोषणा गरिने निर्णय
७. कोरोना संक्रमण बढ्दै गएपछि रोकिएन अक्सिजनको हाहाकार, चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्याईँदै
८. स्वास्थ्य संकटकाल घोषणा गरि तीन तहको सरकारलाई जिम्मेवारी दिन सके महामारी नियन्त्रण हुने नगरपालिका महासंघका अध्यक्ष अशोक ब्याञ्जुको सुझाव, सोचे जस्तो परिणाम दिन नसकेको स्विकारोक्ति
९. पीसीआर टेष्ट गरेर मात्र नेपाल फर्कन कोलकाता महावाणिज्यदूतावासद्वारा नेपाली समुदायमा आग्रह, अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन
१०. अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्या, नेपालमा हाल १५ हजार अक्सिजन सिलिण्डरको माग रहेकोमा सात हजार २०० मात्र उत्पादन भएको अस्पतालको भनाई
११. नेपालमा कोरोनाको दोस्रो लहरले निम्त्याएको भयावह स्थितीबारे बोल्यो विश्व स्वास्थ्य संगठन, कोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोसको भनाई
१२. इजरायल र प्यालेस्टाईनबीचको युद्ध झनै चर्किँदै, प्यालेस्टिनी लडाकु विमानले गाजाका मानवबस्तीमा बम खसाल्दा १३९ प्यालेस्टिनीको मृत्यु, ९५० जना घाइते, ९० प्रतिशत रकेट इजरायलले आकाशमै ध्वस्त पार्यो
१३. केही दिन लगातार ४ लाखभन्दा बढी कोरोना संक्रमित थपिएको भारतमा संक्रमणदर घट्न थाल्यो, पछिल्लो २४ घण्टामा ३ लाख २६ हजार नयाँ संक्रमित थपिए
१४. चीनलाई अर्को सफलता, अमेरिकापछि मङ्गल ग्रहमा अन्तरिक्षयान सफलतापूर्वक अवतरण गर्ने चीन दोस्रो मुलुक
१५. र, उपाधिका लागि चेल्सी र लेस्टर सीटीबीच प्रतिष्पर्धा हुँदै, दुवै टिम उपाधि हत्याउने दाउमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया