व्यवसायी घिमिरेले चीनबाट अक्सिजन सिलिण्डर लगायतका सामाग्री ल्याउने

काठमाडौं । एस जी ग्रुपका अध्यक्ष व्यवसायी शिवप्रसाद घिमिरेले मित्र राष्ट्र चीनबाट अक्सिजन ब्याग, अक्सिजन मास्क तथा अक्सिजन सिलिण्डर ल्याउने भएका छन् ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि देखिएको मुलुकभर अक्सिजनका सिलिण्डर अभाव व्यवसायी घिमिरेले चीनबाट ती सामाग्री ल्याउने भएका हुन् ।

एस जी ग्रुपले ल्याउन लागेको उक्त सामाग्रीहरु करिब एक हप्ताभित्रै आइपुग्ने अध्यक्ष घिमिरेले बताएका छन् । अक्सिजनको उत्पादन नेपालमै पर्याप्त भए पनि सिलिण्डर अभावले गर्दा कोरोना संक्रमित बिरामीहरुले अक्सिजन पाएका छैनन् । संक्रमितको ग्राफ दैनिकजसो बढ्दो क्रममा रहेपछि अक्सिजन सिलिण्डर अभाव हुन नदिन भन्दै व्यवसायी घिमिरेले यस्तो निर्णय लिएको बताए ।

पहिलो चरणमा ४० लिटर क्षमताका ५ हजार सेट अक्सिजन ब्याग तथा ५ हजार अक्सिजन मास्क र २ हजार अक्सिमिटर सोमवार हवाई मार्गबाट काठमाडौं आइपुग्ने जनाइएको छ ।

यस्तै, अक्सिजन सिलिण्डर १० लिटर क्षमताका २२ सय युनिट र अक्सिजन सिलिण्डर ४० लिटर क्षमताका २२५० युनिट जेठ ७ गतेभित्र स्थलमार्गबाट नेपाल ल्याइपुर्‍याइने अध्यक्ष घिमिरेले प्रतिवद्धता व्यक्त गरेका छन्।

उनका अनुसार मुलुकमा अक्सिजन अभावको समस्या भयावह भएको उल्लेख गर्दै यो बेला मुनाफा नराखी लागत मूल्यमा यी सामाग्री आवश्यकताका आधारमा अस्पताल तथा व्यक्तिहरुलाई उपलब्ध गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?